काठमाडौँ — खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीसहित तीन नेतालाई निलम्बन गरिएको पत्र झुठो भएको दाबी गर्दै कांग्रेस बाराको लेटरप्याडमा अर्को विज्ञप्ति आएको छ ।
कांग्रेसको कलैयास्थित पार्टी कार्यालयका सचिव अम्बिकाप्रसाद यादवले पार्टीको विभिन्न नेतालाई निलम्बन गरिएको भन्दै मंगलबार दिउँसो सामाजिक सञ्जाल र संचार माध्यममा आएको समाचारमा सत्यता नरहेको दाबी गरी विज्ञप्ति निकालेका हुन् ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको आरोप लगाउदै केन्द्रीय अनुशासन समितिलाई सम्बोधन गरेर कांग्रेसका तीन जना नेतालाई कारवाही गरेको पत्र सार्वजनिक भएको थियो। उक्त पत्रमा अरुणकुमार यादवले हस्ताक्षर गरेका थिए ।
यसअघि बारा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १ (क) बाट प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीलाई निलम्बन गरेको पत्र सोमबार बाहिरिएको थियो । बुढाथोकीलाई निलम्बन गरिएको पत्रमा विनोदमणि महतोले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया