Breaking

चिनियाँ राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भेटवार्ता हुँदै


काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ कोभिड-१९ को महामारीपछि बुधबार पहिलोपटक विदेश भ्रमणमा जाँदै छन् ।

पहिलो विदेश भ्रमणको क्रममा सीले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्नेछन् । उज्वेकिस्तानमा हुने क्षेत्रीय सम्मेलनको साइडलाइन वार्तामा सी र पुटिनबीच भेटवार्ता हुने तय भएको हो ।

दुवै नेता अहिले महत्वपूर्ण समयबाट गुज्रिरहेका छन् । सी आगामी महिना हुने पार्टीको सम्मेलनबाट ऐतिहासिकरुपमा तेस्रो कार्यकाल सुरु गर्ने तयारीमा छन् भने पुटिन युक्रेनमाथिको आक्रमणको कारण उत्पन्न परिस्थितिको सामनाको लागि साथ खोजिरहेका छन् ।

यद्यपि दुई नेताको भेटवार्ताबारे रुस र चीन दुवैले आधिकारिक जानकारी भने दिएका छैनन् । बुधबार सी काजकस्तानको लागि प्रस्थान गर्नेछन् ।

त्यसपछि उनी उज्वेकिस्तानमा हुने संघाई कोअपरेसन अर्गनाइजेसन ९एससीओ०को सम्मेलनमा सहभागी हुनेछन् । यो सम्मेलनमा उज्वेकिस्तान, काजकस्तान, किर्गिस्तान, ताजकिस्तानका साथै इरान, भारत र पाकिस्तान पनि सहभागी हुनेछन् ।

सीले सन् २०२० को जनवरीमा वुहानमा लकडाउन सुरु हुनुभन्दा दुई दिन पहिला म्यानमार भ्रमण गरेका थिए। त्यसयता उनी कुनै पनि विदेश भ्रमणमा गएका थिएनन् ।