काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनले पारित गरी पठाएका पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकबाट पारित भई पेश भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपतिले तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक‚ स्टाण्डर्ड नाप र तौल ऐन‚ २०२५ लाई संशोधन गर्न बनेको विधेयक‚ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक‚ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।


प्रतिक्रिया