Breaking

चोलेन्द्रसँगको एकसरो बयानले बुझेन समितिको चित्त, फेरि बयान लिने तयारी


काठमाडौँ — महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान १४ दिनमा सकाएको छ । बयानका क्रममा सुरु देखि नै आक्रमक बनेका जबराले न्यायालयदेखि शीर्ष नेताको नै पोल खोल्न उद्दत देखिए । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ४३ प्रश्नको एकसरो जवाफ दिएर सकाएका छन् । बयानका क्रममा सुरु देखि नै आक्रमक बनेका जबराले न्यायालयदेखि शिर्ष नेतासम्मको पोल खोल्दै रोष पोखेका छन ।

जबराले महाभियोग सिफारिस समितिलाई जवाफ दिने क्रममा प्रश्नको जवाफमात्रै दिएका छैनन्, आफूलाई निलम्बनमा पार्न ‘बाध्य गराउनेहरु’प्रति रोष प्रकट गर्दै कुण्ठासमेत पोखेका छन उनले प्रत्येक बयानका क्रममा प्रश्नकर्तालाईनै र्याखर्याखती पारेका जबराले समितिका सदस्यहरुको कुनै हैसियत नै नभएकोआसय समेत प्रकट गरे । सिफारिस समितिका सांसदहरुले उनलाई सभ्य हुन आग्रह गरेपनि संसदीय छानबिन समितिमाथि नै उनले कानुनी प्रश्न तेर्साइरहे ।

त्यसोत जबरा नेकपा एमालेको साथसँगै आफू पुन न्यायालयमा फर्कने विश्वासका साथ समितिमा प्रस्तुत भएका थिए । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वव्य डा. बाबुरामभट्टराई र माधव कुमार नेपाललाई बालुवाटार प्रकरणमा जोगाउन नचाआएका कारण महाअभियोगको सामना गर्न परेको आरोप समेत बयानका क्रममा उनले लगाउन भ्याए । यस्तै राजनीतिक दलहरूका मुद्दामा आएका फैसला र आफ्ना सहकर्मी न्यायाधीशलाई प्राप्त आश्वासनले आफूविरुद्ध महाभियोग लागेको उनले बताए ।

महाभियोग सिफारिस समितिले जबरालाई आफूले तयार पारेका ४३ वटै प्रश्न सोधेको छ । अब जबरासँग प्रतिप्रश्न पनि सोध्ने तयारी छ । बयानमा उनले आफू निर्दोष रहेको उल्लेख मात्र गरेका छैनन,प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि गम्भीर आरोप लगाएका छन् ।

जबराले पूर्व न्यायाधीश समाजका केही व्यक्तिलाई ‘मण्डले’ संज्ञा दिँदै उनीहरुले भाग नपाएको कारण रडाँको मच्चाएको आरोप लगाएका छन् । यतिमात्रै होइन प्रसंगबस सर्वोच्च भवनको अनियमितता प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र विष्णु पौडेलको नामपनि उनले मुछेका छन । यद्दपी एमालेका नेता यो मान्न तयार छैनन् । भित्र बोलेको कुरा सञ्चार माध्यममा आएका कुरा आकाश जमिनको फरक भन्दै आपत्ति जनाएका छन ।

अब भने समितिले जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी गरेको छ । त्यसोत संसद्को आयूमाथि नै प्रश्न उठिरहेको बेला यो समितिले अब महाअभियोग प्रक्रियालाई थप लम्ब्याउने प्रष्ट छ । दलहरु निर्वाचन केन्द्रित भइसकेको अवस्थामा र उनले नाम लिएका व्यक्तिको बयान लिने हो भने यो प्रक्रिया निर्वाचन अघि टुंग्याउने सम्भवानमा देखिदैन । अझ अदालत फर्किए भने गठबन्धनका लागि उनी तगारो बन्ने डरका कारणपनि तत्काल महाअभियोग प्रकरण किनारा लाग्ने भने देखिँदैन ।