Breaking

माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन: एमाले अध्यक्ष ओली


काठमाडौँ — पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे ।

उनले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनू । माधव नेपालको पार्टीसँग विचारै नभएको, बरु देश बर्बाद पार्नेमध्ये एक भएको उनको आरोप छ । माओवादी आन्दोलन पनि असफल हुने उनको दाबी छ । माओवादीमा प्रचण्ड र उनको परिवार बाहेक कसैलाई फाइदा नपुग्न समेत ओलीले बताएका छन् ।