Breaking

महानगरलाई दुई क्यासिनोले तिरेनन् कर


काठमाडौँ — काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपनि दुई वटा क्यासिनोले भने अझै पनि कर तिर्न अटेर गरेको पाइएको छ । काठमाडौ महानगरपालिकाका अनुसार र्‍याडिसन होटलमा सञ्चालित क्यासिनो र्‍याट र याक एन्ड यतीमा सञ्चालित रोयल क्यासिनोले कर नतिरेका हुन् । मनोरञ्जन कर बुझाउन दुवै क्यासिनोलाई पत्राचार गरिए पनि सम्पर्कमै नआएको महानगरको राजस्व विभागले जनाएको छ । दुवै क्यासिनो हाल सञ्चालनमा नरहेको महानगरको भनाइ छ ।

ताकेतापछि महानगरले कति उठायो मनोरञ्जन कर ?

काठमाडौं महानगरपालिकाले १५ भदौ यता मनोरञ्जनसँग सम्बन्धित व्यापार–व्यवसायमा संलग्न व्यक्ति तथा संस्था ९९ वटा० लाई मनोरञ्जन कर बुझाउन ताकेता गरेको थियो । जसअनुसार १६(२३ भदौसम्ममा मात्रै महानगरले ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ मनोरञ्जन कर उठाएको छ । महानगरको मेयर बालेन्द्र साह९बालेन०ले लामो समयदेखि कर नतिरेका संस्थाहरुबाट धमाधम कर उठाइरहेका छन् ।

महानगरले नेपाली सेना, नेपाल प्रहरी, विद्युत् प्राधिकरण लगायतका संस्थालाई सम्पत्ति कर मागेका छ भने सोमबार मात्रै सम्पत्ति भाडामा लगाएका सबै सामुदायिक विद्यालयलाई बहाल कर तिर्न पत्राचार गरेको छ ।