काठमाडौँ — सिट बाँडफाँटको सकसमा रहेका सत्तारुढ दलहरुको बैठक आज पनि बस्दैछ ।
निरन्तर बैठक गरिरहेको कार्यदलसहित शीर्ष नेताहरु आज पनि छलफलमा जुट्ने भएका हुन् । कार्यदलसहित शीर्ष नेतारुको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।
हिजो पनि कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको थियो । कार्यदलका सदस्यहरुका अनुसार आधा जति सिटमा सहमति जुटिसकेको छ । कार्यदलले निर्वाचन क्षेत्रअनुसार बुझाएको सिट बाँडफाँटको खाकामा एक सय हाराहारीमा सहमति जुटेको र ६५ सिटमा दाबी धेरै देखिएकाले सहमति जुट्न नसकेको सदस्यहरुको भनाइ छ ।


प्रतिक्रिया