Breaking

के अरुलाई आक्षेप लगाएर बच्छन राणा ?कांग्रेस सह–महामन्त्री देउवा र प्रचण्डको दूत बनेर आएको खुलासा


काठमाडौेँ — निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमसेर राणा प्रश्न सोध्नेहरुमाथि नै आक्रमक बन्दै गएका छन । प्रत्येक बयानमा अन्यको पोल खोल्दै आएका उनले आफूमाथि लागेका आरोप न्यायलय नै सक्नेहरुको प्रपन्चका रुपमा अथ्र्याएका छन । कतिपय आरोपितले भने उनको आरोपको सामाजिक सन्जालबाटै खण्डन समेत गरेका छन । निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमसेर राणा महाअभियोग सिफारिस समितीको प्रश्नका घेराहरुमा पर्दा अरुलाई आरोपित गर्ने क्रम बढाएका छन । बयानको सुरुका दिनबाटै राजनीतिक दल,सहचारी,वकिलहरुमाथि खनिन थालेका उनले यो क्रमलाई निरन्तरता दिएका छन् ।

बरु उनको प्रश्नले आरोपित भएकाहरुले नैतिक रुपमा आफूमाथि लागेको आरोपको खण्डन गर्न दवाव बढ्दै गएको छ । आईतबार पनि राणाले धेरैलाई न्यायलयको भद्रगोल अवस्थाका कारणका रुपमा मुछे ।न्यायालयमा हुने हरेक नियुक्तिमा राजनीतिक भागबन्दा हुने गरेको बताएका उनले हरेक पार्टीले लेटर प्याडमै लेखेर भाग खोज्ने गरेको आरोप लगाए । सबैभन्दा बढि सत्ताघटक दलतर्फ खनिएका उनले कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सन्देश लिएर आफू कहाँ आएको समेत खुलाए ।

उनले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता ओमप्रकाश अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस आफूले इन्कार गरेको भन्दै बयान दिएका थिए । त्यसपछि अर्यालले सम्पत्ति शु्द्धीकरणको रिट हालेको समितिसमक्ष बताएका उनको भनाई अर्यालले भने खण्डन गरिसकेका छन । जबराले प्रतिशोध साँध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् ।अर्यालले आफ्नो प्रतिरक्षा गरेपनि अन्य आरोपितहरु खण्डनमा अघि सरेका छैनन् ।

यसले समेत राणालाई नैतिक प्रोत्साहन दिएको छ भने एमाले भने आफ्ना नेता नमुछिउन्जेल चुप लाग्ने अवस्थामा छ । यहि कारण आफूमाथिको महाअभियोग प्रमाणित नहुनेमा राणा अझ विश्वस्त बन्दै गएका छन । बयानकै क्रममा समेत राणाले आफूलाई लगाइएको आरोप पुष्टि हुने कुनै आधार नभएर नै आफू समितिमा फेस गर्न आएको र कुनै हालतमा महाभियोग पारित हुन नसक्ने पनि दाबी नै गरिसकेका छन । यता सत्तारुढ दलका सांसद तथा समितिका सदस्यहरु भने जबराको जवाफले नै आरोपहरू पुष्टि हुँदै गएको दाबी गर्छन् । बयानका क्रममा जबरा रक्षात्मक देखिएको र सहकर्मीहरूलाई नै आरोप लगाएको र यो नै महाअभियोगप्रति राणा डराएको संकेत भएको उनीहरुको भनाई छ ।

महाअभियोगको प्रश्न कुन दलले वोक्ने र कसले पास गराउने भन्दा पनि आरोपको व्यक्ति दोषी हो होईनसंग सम्बन्धित हुने विषय हो । तर दलहरु भने यसमा पनि राजनीतिक दाउपेचलाई अघि सारिरहेका छन । दलहरुको यहि प्रवृद्धिमाथि खेलेर आफू बच्ने राणाको बुझाइ देखिन्छ । तर जसलाई जोखेपनि बराबर हुने अवस्थामा रहेका दलहरु आरोप खण्डन गर्ने अवस्थामा छैनन भने एमाले चुनावमा यो आरोपले फाईदै गर्ने वुझाईमा छ ।