काठमाडौँ — नेपालको पहिलो नाडा ईभी एक्स्पो आयोजना हुँदै छ। २ पांग्रे, ३ पांग्रे, चारपांग्रेको उपस्थितिमा ईभी एक्स्पो हुनलागेको हो। असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो चल्नेछ। भृकुटीमण्डपको प्रदर्शनी हलमा स्टल रहनेछन्। नाडा ईभी एक्स्पोमा ५१ वटा स्टल बुकिङ भइसकेका छन्।
कोभिडको कारण २०२० र २०२१ मा नाडा अटो शो गर्न नसकेको नाडाले २०२२ मा सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा गर्न सकेन। नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका अध्यक्ष धु्रव थापाले नाडा अटो शो गर्ने तयारी भइरहँदा सरकारले अटो आयातमा प्रतिबन्ध लम्ब्याएसँगै ईभी एक्स्पो गर्न लागिएको बताए।
‘नाडाले नेपालमा ईभी एक्स्पो आयोजना हुनुलाई ऐतिहासिक क्षणको रुपमा लिएको छ । उनले भने, विद्युतीय गाडी उकालोमा चढ्न सक्छ कि सक्दैन गुड्दागुड्दै बीचबाटोमै रोकिन्छ कि भन्ने चासो एकदमै छ। ईभी एक्स्पोले धेरै दुविधा हटाउनेछ। नाडाले सर्वसाधारणको विद्युतीय गाडीप्रति बढेको चासोलाई एक्स्पोले सम्बोधन गर्ने जनाएको छ। ४ दिनसम्म चल्ने एक्स्पोमा सर्वसाधारणको चाप हुनसक्ने आकलन गरेको छ।


प्रतिक्रिया