देश

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं प्रस्थान


काठमाडौँ — चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चार दिने भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे ३ बजे त्रिभुवन विभानस्तलमा अवतरण गरेका हुन् । चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् । उनी विमानस्थलबाट सिधै उनको बस्ने व्यवस्था गरिएको होटल सोल्टी गएका छन् ।

कार्यसूचीअनुसार उनले सोमबार काठमाडौं उत्रिएको केहीबेरमा सभामुख सापकोटासँग द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार द्विपक्षीय भेटघाटका क्रममा दुई देशबीच संसदीय तहमा सहकार्य गर्ने विषयमा हस्ताक्षरसमेत हुनेछ । भेटमा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ । भेटपछि सभामुख सापकोटाले समकक्षी लीका लागि उनी बसेकै होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका छन् ।