काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले जित्न नसके देश बर्बाद हुने बताएका छन् । सोमबार नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने उद्देश्य पूरा गर्नका लागि एमाले नेतृत्वको सरकार बन्नुपर्ने बताए । नेकपा एमालेको सरकार मंसिर ४ गतेको निर्वाचनबाट गठन गर्नु अनिवार्य छ,’ उनले भने, ‘यदि एमालेले सरकार बनाउन नसके देश बर्बादीतर्फ जान्छ ।
पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप उनले लगाए । त्यसैले पनि गठबन्धनलाई अर्को पाँच वर्ष दिन नहुने उनको भनाइ थियो । एमाले सरकारमा जानका लागि होइन, देश बचाउन, विकास गर्न, सबै ठाउँमा बस्ने जनताको सद्भाव र एकताका लागि एमालेले जित्नुपर्छ, उनले भने । शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्ने योजना एमालेले अघि सारेको उनले बताए । उनले भने, ‘आगामी निर्वाचनले सही सरकार दिन सक्नुपर्छ । देश, लोकतन्त्र, विकासप्रति समर्पित सरकार दिन सक्नुपर्छ ।


प्रतिक्रिया