Breaking

एमाले अध्यक्ष ओली आज जनकपुर जाँदै

योहो संवाददाता

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न प्रदेश मधेशको जनकपुर जाने भएका छन् । अध्यक्ष ओलीले नेपाली काँग्रेसका पूर्वमन्त्रीसहित नेताहरुलाई पार्टी एमालेमा स्वागत गर्न जनकपुर जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनी बिहान ११ बजे जनकपुर अवतरण हुने बताइएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको बताइएको छ । स्थानीय तहको मत परिणाम हेर्दा मधेश प्रदेशमा नेकपा एमाले तुलनात्मक रुपमा कमजोर छ ।