काठमाडौँको – कपन क्षेत्रमा भल बाढिको जहिल्यै त्रास रहने गर्दछ । अव्यवस्थीत शहरीकरणले हरेक वर्ष बर्षातको समयमा निम्त्याउने दुर्घटना न्युनिकरणका लागि भल र सडक व्यवस्थानका लागि जनप्रतिनिधिहरुले कुनै चासो देखाउन सकेका छैनन् । जबजब चुनाव नजिकिन्छ तब तब यहाँ ढल व्यवस्थापन र कपन खोला बाढिको व्यवस्थापनका ालगि नेताहरु जुमुर्राएको देखिन्छन् ।
मंसिर ४ गते निर्वाचनको दिन आउन अब ७० दिन बाँकी छ । चुनावी माहोल सुरु भए पछि काठमाडौँको कपन क्षेत्रका जनप्रतिनिधिहरु क्पनको ढल व्यवस्थापन कसरी गर्ने होला भनेर गम्भीर चिन्तीत अवस्थामा देखिए । बर्षा सकिनै लाग्यो ।
गएको २ महिना कपनबासीले डरलाग्दो बाढिको त्रास खेप्नु पर्याे । यो वर्ष मात्रै होइन यसरी कपनमा बाढि आउन थालेको बर्षाैँ भइसक्यो । तर गगन थापा जस्ता लोकप्रिय सांसद निर्वाचित भएको यो ठाउँको बारेमा उनी चुइकक बोलेनन् । तर निर्वाचनको सम्मुखमा गगन थापाले कपनको भल बाढि व्यवस्थापनका लागि आफूलाई निक्कै गम्भीर मुद्रामा प्रस्तुत गराए । उनी यो पटक मात्रै होइन यस अघिका चुनावमा पनि यही विषयमा आफू गम्भीर रहेको दावी गर्ने गरेका थिए । योजना बनाउने सपना सुनाउँथे ।
उनी मात्रै होइनन् एमालेबाट उम्मेदवार बनेका अर्का भेबिवेट डा. राजन भट्टराईले पनि कपनको भलबाढी र धोवी खोला व्यवस्थापनलाई चुनावी मुद्धा बनाउने गरेका छन् । तर अवस्था ज्युँका त्युँ । यस्तो लाग्छ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी मुद्धाकै लागि कपनको भल बाढि व्ष्स्थापन र धोवी खोलाको फोहोरी खेल थाँती छ ।
आईतवार प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रिया कार्यक्रम आयोजना भयो । यो कार्यक्रममा गगन थापा सबैभन्दा गम्भीर मुद्रामा देखिए । र दिगो व्ष्वस्थापनका लागि आफू चिन्तीत रहेको बताए ।
कुनै दुर्गम गाउँको खहरे खोला भन्दा डरलाग्दो आकार काठमाडौँको कपन क्षेत्रमा देखिने गरेको छ । कपनको अव्यवस्थीत शहरीकरणले यस क्षेत्रमा बाढि मात्रै आउने गरेको छैन । अहिलेसम्म ३ जनाको ज्यानै गइसक्यो । स्थानीयको करोडौँको धनमा क्षति पुगिसक्यो ।
यहाँका जनप्रतिनिधीहरुले कपनको भलबाढि व्यवस्थापनको मुद्धालाई चुनावी एजेण्डा मात्रै बनाएको स्थानीयहरुको गुनासो छ । आईतवार अन्तरक्रियालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले धोबिखोला कोरिडोर निर्माणको लागि अब बस्ने मन्त्रीपरिषद्ले छुट्टै आयोजना बनाउने प्रश्ताव पास गर्ने बताए ।
काँग्रेसका महामन्त्री गगन थापाले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरे । उनले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका,प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए ।
कोरिडोर क्षेत्रमा बनेका घरहरु वैधानक देखिन्छन् । तर केही दशक अघिको मात्रै नक्शा केलाएर हेर्ने हो भने अहिले घर बनेका क्षेत्रहरु नदीको आधार क्षेत्रहरु थिए । तर भू माफियाहरुको कब्जामा परेको कपनको खोला क्षेत्र अहिले मानव बस्तीको रुपमा विकास भएको छ । तर खोला र बाढिले आफ्नो धार बदल्न सक्दैन तथ्य हरेक बर्षातमा देखिने गरेको छ । र यही समस्यालाई यहाँका जनप्रतिनिधिहरुले चुनावी ऐजेण्डा बनाउने गरेका छन् ।


प्रतिक्रिया