काठमाडौँ – गठबन्धनभित्र सिटबाडफाडको विषय अझै टुङ्गो लाग्न सकेको छैन । पार्टीभित्रको आन्तरिक किचलो, दलहरुको अडानको चेपुवामा परेको भागवण्डा आगामी नेतृत्वको कुराले समेत अल्झिरहेको छ । जसका कारण गठबन्धनकै औचित्यमाथि प्रश्न उठ्न थालेको छ भने तालमेलकै भरमा जित्ने दाउमा रहेकाहरु भने तर्सिन थालेका छन् ।
आसन्न निर्वाचनको लागि सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्तागठबन्धनको बैठक पुनःनिष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच करिब ४ घण्टा लामो बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । नेताहरुले पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । आजको बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो । यद्यपी सिट बाँडफाँटबारे धेरै विषय मिलाउन बाँकी रहेको भन्दै बैठक भोलि पुनः बस्ने बताइएको छ ।
यसरी दैनिक जसो बसेर विना निष्कर्ष टुङ्गीदै आएको वैठकले अझै छिट्टै परिणाम दिने अवस्था देखिएको छैन । विशेषत पार्टीभित्र देखिएको आन्तरिक किचलो, दलहरुको आ–आफ्नै अडान र आगामी नेतृत्वका सुनिश्चिताको खोजीले पेचिलो बनेको भागवण्डाले गठबन्धनकै औचित्यमाथि नै प्रश्न समेत उठ्न थालेको छ । यसैको डर स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन फुटाउने षडयन्त्र भईरहेको बताईरहेका छन भने गठबन्धनविरोधीहरु पार्टी विरोध रहेको बताईसकेका छन ।
आफ्नो आगामी सत्तारोहणको यात्रा निश्चित बने लचक हुन तयार रहेको उनको लागि पार्टी भित्रकै डा.शेखर कोईराला पक्ष बाधक बनेको छ । सय सिट भन्दा तल भए आफूले बहुमत पनि नआउने तथा जनतालाई देखाएको स्थायी सरकारको सपनामाथि कुठाराघात हुने उनको बुझाई छ । साथै पार्टीभित्रै विद्रोह हुनसक्ने अवस्था रहेको भन्दै लचकताको ठाँउ नै नरहेको सन्देश उनले दिएका छन । यसमा एक्लै लडे पानी समेत भन्न नसकिने धरातलमा रहेका कांग्रेसकै शिर्ष नेतृत्वले समेत खेल खेलिरहेको छ ।
गठबन्धनमा गएपनि आफ्नो टिकट सुरक्षित हुने र जित पनि सुनिश्चित हुने अवस्थामा रहेका उनीहरु कुनै पनि हालतमा गठबन्धन नतोडिने बताउने गरेका छन । फलत ः कांग्रेसले गठबन्धन तोड्दा अर्को गठबन्धन हुने भन्दै डर देखाईरहेका उनीहरु कांग्रेस एक्लै लड्ने अवस्थामै नरहेकोसम्म भन्न भ्याईरहेका छन ।
यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कम्युनिष्ट एकताले देउवामा रहेको भयमा खेलिरहेका छन । कांग्रेसलाई कसै गरे वहुमत आउने अवस्था बनाउन नदिने उनको रणनिति छ । तर समस्या प्रधानमन्त्रीको वसहमा पनि छ । प्रचण्डलाई या नेतृत्वमा दावी गराउने या आफ्नो बहुमतको अवस्था सिर्जना गर्ने देउवाको प्रयासवीच पनि उनी टसमस भएका छैनन् ।
देउवाले यसैपनि चटक्क छाडेर जाने अवस्था नरहेको बुझेकै कारण उनी अहिले नै नेतृत्व यात्राको ढोका बन्द गर्ने अवस्थामा छैनन् । प्रचण्ड यसअघिबाटै नेतृत्वको चाह राख्दै आएकोले आगामी पाँच बर्ष देउवालाई केवल सत्ता पाउने बाटो मात्र बन्दिन तयार देखिदैनन् । अहिले प्रधानमन्त्री को हुने भने निर्णय नगर्नुको कारण नै यहि भएको राजनीतिक विश्लेषक तुलनारायण शाह बताउछन ।
यसरी चौतर्फी जेलिएको सत्ताघटक दलहरु भित्रको राजनीतिमा देउवामा भने कांग्रेसलाई जसरी पनि पेलेर अघि बढ्छु भन्ने आत्मविश्वास छ । तर पार्टीहरुको आन्तरिक हालत भने खरावको अवस्थामा छ । यता एकीकृत समाजवादी गुल्मीमा एमालेसंग एक भएको छ भने दिनदिनै पार्टी छोड्नेहरु बढ्दै छन ।
त्यस्तै जसपा गठबन्धन छोडेपनि आफूले उतिनै सिट जित्ने बुझाईमा रहेपनि लोसपालाई रोक्नु कम चुनौतीपूर्ण छैन । त्यसैले गठबन्धन छोडिहाल्न सक्ने अवस्थामा उ छैन । यसले भोलीका दिनमा समेत खुम्चिने र साईजमा आउने वाध्यता उनीहरुमै पर्नेमा दुईमत नभएपनि उनीहरु नै मेरो गोरुको बाह्रै टक्का गरिरहेका छन् ।


प्रतिक्रिया