काठमाडौँ — केटिएम इन्टरनेशनल ट्रेडिङ प्रालिले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दैछ । यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर कम्पनीले दशैं फिएस्टा अफर ल्याएको छ । दशैं फिएस्टा अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । यसअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिनेछ ।
पहिलो ई(डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ। मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा एक लाख रुपैयाँ नगदसम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत एक लाख रुपैयाँसम्म जित्न सकिनेछ । त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई पाँच हजार रुपैयाँ सम्मको हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिनेछ ।


प्रतिक्रिया