काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधी सभा उमेदवराका लागि सिफारिस गरेको छ । शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस गरेको हो ।
नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट पनि सोही क्षेत्रबाट सिफारिस भएको हुँदा उनिहरु बीच रोचक टक्कर पर्ने देखिएको छ । उता क्षेत्र नम्बर – १ मा सोही पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेल सिफारिस भएका छन् । झाँक्री गुल्मी २ बाट गठबन्धनको साझा उमेदवार हुने प्रवल सम्भावना समेत देखिएको छ ।
त्यस्तै वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य प्रमेश पोखरेलाई गुल्मी जिल्लाको ईन्चार्जका लागि केन्द्रमा सिफारिस गरिएको जनाईएको छ । सहइन्चार्ज भने गणेश बिश्वकर्मा नै रहेका छन् । पार्टी उपाध्यक्ष राम मल्ल ठकुरीका अनुसार आज नेकपा एमाले पत्यिाग गरि ३१ जना कार्यकर्ता एकीकृत समाजवादीमा प्रवशे गरेका छन् ।


प्रतिक्रिया