देश

ग्रीनलाईफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने


काडमाडौँ — ग्रीनलाईफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा ७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा स्थानीय चिकित्सकहरूको बैठक सम्पन्न भएको छ । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गर्ने बैठकको मुख्य उद्देश्य रहेको थियो ।

ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराईको सभापतित्व, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको विशिष्ट अथितिमा बैठक सम्पन्न भएको थियो । त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाल लगायत टोखा नगरपालिकाका अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।

बैठकमा ६२ जना चिकित्सकले सहभागिता थिए । अस्पताल स्थापनाको अवधारणा र मोडलको बिषयमा भावी कार्य योजना सहितको प्रस्तुति डा. क्षितिज सापकोटाले जानकारी दिनु भएको थियो । पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्दा बिरामीले सुलवरुपमा सेवा सुबिधा पाउने समेत डा. सापकोटाले बताउनु भयो ।