काठमाडौँ — समाजविगतभन्दाशिक्षित र सचेत बनेको छ । नागरिकको चेतनास्तर बढेको छ । आफ्नो अधिकारका सवालमाजागरुकभएका छन । अन्याय विरुद्ध प्रतिवादगर्न थालेका छन । तर पछिल्लो समय दर्दनाक र जघन्य अपराधका घटनाको बढोत्तरीले सचेत समाजमाथिप्रश्न उठ्न थालेको छ । कलाकार पलशाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर भई अदालतले फैसला सुनाएको केहि समय पनिवित्ननपाउँदै अर्को उस्तै घटनाले सामाजिक सञ्जालतात्तियो । राष्ट्रिय क्रिकेट टोलीकाकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी प¥यो ।
१८ वर्ष भन्दाकमउमेरकीबालिका करणी गरेको अभियोगमा लामिछाने विरुद्ध किटानी जाहेरीसँगै अनुसन्धानअघि बढाइएको छ ।दुईजना सेलिब्रेटी जोडिएका यीदुई तप्रतिनिधिघटना मात्रहुन् । त्यस्तै सिराहलहाननगरपालिकाकाउपमेयर रामचलितर महतो विरुद्ध ‘जागिर लगाइदिन्छु’ भन्दै आफ्नो कार्यकक्षमाबोलाएर एक युवतीलाई बलात्कार प्रयासको जाहेरी प¥यो । उनलाई हिरासतमा राखेर अनुसन्धानथालिएको छ ।
विहिवारमात्रशहीदधर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाकार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूमाथिदुर्व्यवहार गरेको भन्दै एक जनामहिलाचिकित्सकले नै नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्ड, महानगरीय प्रहरी वृत्त भक्तपुरको महिला सेल र नेपालचिकित्सक संघ गरी चार ठाउँमा उजुरी दिएका छन ।उताकैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया किशोरी सामूहिकबलात्कारमापरिन् । भदौ २१ गते रातिचार जनाको समूहले बलात्कार गरेको जाहेरीपछि आरोपिततीनजनापक्राउ गरेर अनुसन्धानथालेको प्रहरीले जनाएको छ । यीघटनाहरु केहिउदाहरण हुन् । यसले समाजमामहिलातथाबालबालिकाकति असुरक्षित छन् भन्ने प्रष्ट पारेको छ ।
प्रहरीको तथ्याङ्क अनुसार बलात्कार तथा यौनहिंसाकाको आकडा डर लाग्दो छ । सबैभन्दाजोखिममानाबालिकहरु देखिन्छ । प्रहरी प्रधानकार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ५६० जनानाबालिगबलात्कारको शिकार भएका छन् । २०७९ साउनमहिनामा १० वर्षमुनिका ३३ जनाबालिकाबलात्कृत भएका छन् भने ११ देखी १६ वर्षका १०३ जना र १७ देखी १८ वर्ष उमेर समूहका २९ जनाबलात्कारको शिकार भएका छन् ।
गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षको साउनमहिनाभरमा १ हजार ७२५ जनानाबालिगबलात्कृत भएको प्रहरीको तथ्याङ्क छ । अघिल्लो एक वर्षमा देशैभर २५ सयवटा बलात्कारका घटनामाथि मुद्धा चलेको छ।यी त प्रहरीमाउजुरी परेका घटना भए,अझप्रहरी सम्मपुग्ननसकेर भित्रभित्रै पिल्सिएर बसेका पिडित छन ?त्यसको लेखाजोखाकतै छैन् । पछिल्लो समय यस्ता घटना बढनुमा झुटा मुद्धाले समेत सहयोग पुगेको कतिपयको विश्लेषण छ ।
पैसा र बदलाकालागिपनिबलात्कारका मुद्धा दर्ता हुने गरेकोलेयसबारे अध्ययनहुनुपर्ने कानुनकाजानकारहरु बताउछन् । विश्लेषण जे भएपनि समाजथपविकृतिहुँदै गएको यी घटनाहरुले प्रष्ट्याउँछ । हरेक क्षेत्रमा यौन हिंसा बढेको मात्रै छैन, अपराधले प्रश्रय समेत पाएको देखिन्छ । त्यसैले सरोकारवालानिकायथप सर्तक हुन जरुरी छ । यौनजन्यअपराधमा सत्यतथ्य छानविन गरी घटना न्युनीकरणमा पनि सम्बन्धितनिकायकोध्यानकर्षण हुन जरुरी छ ।


प्रतिक्रिया