Breaking

मल नपाएका किसान उत्पादन घटेपछि झनै निराश


काठमाडौँ — किसानले प्रत्येक वर्ष मलको चरम अभाव झेल्दै आएका छन् । यो वर्ष पनि किसानले पर्याप्त मल पाएनन् ।मलको अभावमा उत्पादनमा कमी आएसँगैसुनसरीका अधिकांश किसानहरु यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । अघिल्ला वर्षहरुमा जुट यानीकी सनपाट खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरु यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ ।

समयमै मल नपाएको पीडा झेलेका किसानहरु उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन । उत्पादन भएको जुटको मूल्यमा पनि गरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घटदै गएको किसानहरुको भनाई छ । भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ । सुनसरीको भोक्राहाका खुशीलाल उराँवसरकारले मल दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउँनै मुस्किल भएको गुनासो गर्छन् ।

खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।पेशा छोड्न अन्य विकल्प नभएको र भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो हुने उनको गुनासो छ ।

सरकारले एक दर्जनभन्दा धेरै मल बिक्रेता कम्पनीमार्फत मल टेन्डर गरी नेपालमा ल्याउने गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले मल ल्याउन टेन्डर गर्दै आएका छन् । यी कम्पनीहरूले मल खरिदका लागि ठेक्का आह्वान गर्दा नै कम्तीमा तीन–चार महिना लाग्ने गरेको छ । विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएतापनि केहि किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन ।