देश

शाओमीले विगत ८ त्रैमासिकदेखि शीर्ष स्मार्टफोन कम्पनीको स्थानकायमै राख्न सफल


काठमाडौँ — ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजमार्केट रिसर्च फर्मआइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलीज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाज्यूले भन्नुभयो,“आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिकसम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनीबन्न सफलभएका छौँ, जुन हाम्रोलागि एकदमै खुशीको कुरा हो ।

यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउनु हुने एव हाम्रो यात्रामा सहभागिहुनुहुने हाम्रा समस्तमी फ्यानहरु, व्यापारिक साझेदारहरु र हाम्रा सम्पूर्ण स्टेक होल्डरहरु प्रतिहामीहार्दिक आभारी छौँ । तपाईंहरुको माया र साथ प्रति हामी नतमस्तक छौँ र हामीले हाम्रालागि खडा गरेको उच्चतम मापदन्डहरु भविष्यमा पनि पुरा गर्दै जाने छौँ । नो मी विदाउट यु, साओमी नेपाल रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ ।

यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिकबास वायरलेस इयरफोन, पावर ब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ । यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु¥याएको छ । आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टरस्थापना गरेको छ ।हालनेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ ।

नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नकोलागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ–साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सर्भिसप्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ । यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ ।