Breaking

टिकट बाँडफाँटमा भाँडभैलो, डन र व्यापारीको दबदबा, निष्ठावानले पाउँदैनन् टिकट


काठमाडौँ — नेपाली राजनीति नीतिमा चल्दैन भन्ने विषय दलहरुको व्यवहारबाट पुष्टि भएकै छ । नीतिविना चल्ने दलहरुको यो प्रवृद्धिमा न कुनै सुधारको संकेत छ, न कुनै अपेक्षा गरिएको छ । किनकि यो राजनीति व्यापारी र डनहरुको कब्जामा गइरहेको छ । जुन आगामी संसदीय निर्वाचनमा समेत देखिने पक्का भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसले कुनैबेला जिउँदै मान्छेलाई इट्टाभट्टामा जलाएर जेल परेका आरोपी मोहम्मद अफ्ताव आलमलाई रौतहट २ बाट एकल उम्मेदवारका रुपमा सिफारिस ग¥यो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलनलाई आगामी प्रतिनिधिसभाको उम्मेदवार बनाउने गरि सिफारिस ग¥यो । यी दुबै जनाको सिफारिस आम जनताका लागि भने आश्चर्यको विषय बनेका छन् । जेलमा रहेका र जेलबाट निस्किएकाहरु नै उम्मेदवार सिफारिसमा परेपछि राजनीतिलाई हेर्ने दृष्टिकोणमै परिवर्तन आएको छ ।

अहिले काँग्रेसमा देशभरको सिफारिस विवरण हेर्नहो भने दर्जनभन्दा बढी डन र व्यापारीहरुको वर्चश्व देखिएको छ । भ्रष्टाचार मुद्धामा फसेका विजयकुमार गच्छदारदेखि गुण्डानाइके गणेश लामासम्म काँग्रेसकै सूचीमा छन् । गत निर्वाचनमा मधेशी कोटाबाट समानुपातिक सांसद बनेका व्यापारी विनोद चौधरीलाई यसपटक नवलपुर १ र नवलपरासी १ गरि दुई क्षेत्रबाट सिफारिसमा परेका छन् ।

२०४८ सालदेखि डा. शशांक कोइरालाले चुनाव जित्दै आएकोयसक्षेत्रमा यसपटक शशांक र चौधरीसहित ५ जनाको नाम सिफारिस भएको छ । चितवनको क्षेत्र नम्बर १ मा दुई होनहोर अर्थविद् स्वर्णिम वाग्ले र विश्वनाथ पौडेललाई भिडाएर काँग्रेसले राज्यमन्त्री समेत रहेका उमेश श्रेष्ठलाई टिकट दिने तयारी गरेको छ ।धन र डनलाई च्याप्ने मामिला धेरथोरको सवालमात्रै अलग होला । यसबाट अछुतो कुनै दल पनि छैनन् ।

यद्यपि यसपटकको निर्वाचनमा यसको अग्र मोर्चा ‘लोकतन्त्रको ठेकेदार’ नेपाली कांग्रेसले सम्हालेको छ । विगतमा समानुपातिक जस्ता स्थानमा सीमित रहेकाहरु अहिले प्रत्यक्षरुपले कब्जा जमाइरहेका छन् ।गत निर्वाचनमा एमालेको सहयोगमाचुनाव जितेका गुण्डानाइके दीपक मनाङगे अहिले मन्त्री छन् । यसपटक एमालेबाट दुर्गा प्रसाईदेखि मोतिलाल दुगड र अल्फाबिटाका मालिक द्विराज शर्मा जस्ता व्यापारीहरु चुनाव लड्दैछन् । सिद्धान्त र मुद्दालाई किनारामा धकेलेर नैतिक–अनैतिकको सीमारेखा नछुट्याई दलहरुले डन र धनलाई प्राथमिकता दिइएको प्रस्टै देखिन्छ ।

बुझ्न गाह्रो छैन, ठूलै ठेकी र भेटी नबुझाई उद्योगी, व्यापारी, ठेकेदार र डनहरुले टिकट पाएका छैनन् । विगतमा यस्ताले समानुपातिकमा मात्रै स्थान पाउँथे अहिले प्रत्यक्षमै कब्जा जमाइरहेका छन् । बर्षाै जेलनेल भोगेका, प्रजातान्त्रिक लडाइँमा होमिँदा संयोगले मर्नबाट जोगिएका, सिद्धान्त, आस्था भनेर त्याग गरेका नेता कार्यकर्तालाई किनारामा धकेल्दै डन र धन च्याप्न सबै पार्टी लागिपरेका छन् ।