काठमाडौँ — सिट वाँडफाटको रस्साकस्सी बढ्दै जाँदा सत्ता गठबन्धनको भविष्य नै संकट देखिन थालेको छ ।भागवण्डा मिलाउन गठन गरिएको कार्यदलको कामकर्मकाण्डी प्रतिवेदनमै सिमित बनेको छ भने शिर्ष नेतृत्वको प्रयासपनि सफल बन्न सकेको छैन । तालमेल गरेर जानेकुरामा दुईमत नभए पनि भागवण्डामा कुरा नमिल्दा सत्ता गठबन्धनमा संकट देखिन थालेको छ ।सिट वाडफाण्डमा कांग्रेसले एक सय सीट दाबी गरेको छ भने त्यो कम सिटमा लचकता देखाए विद्रोह हुने चेतावनी संस्थापन ईतरका नेताहरुले दिईसकेका छन ।
तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कांग्रेसलाई ८६ को वरपरमा मिलाउने र बाँकि भाग आफूलाई जिम्मा दिन आग्रह गर्दै आएका छन । तर बाँकी सिटमा पनि एकीकृत समाजवादी र जसपाले हैसियतभन्दा बढी दाबी गरेपछि देउवा र प्रचण्ड सकसमा छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले तसम्माजनक भागवण्डा नभए गठबन्धनको औचित्य नभएको भन्दै सहकार्य हुन नसक्ने बताउँदै आएका छन् । यसको अर्थ आफूले मागेको ३२ सिट पाउनुपर्ने उनको घुर्की भएपनि आफू बाहिरीए लोसपा गठबन्धनमा भित्रिने डरमा यादव छन ।
यहिवीचमा आशा गरिएको कार्यदलले समेत अपूरो प्रतिवेदन बुझाएको छ। जसमा ९० सिटको विषय टुङिगएको भएपनि ७५ सिटको जिम्मा भने शिर्ष नेतृत्वकै हातमा दिईएको छ । प्रतिवेदन बुझाउनु बिहीबार दिउँसो साढे १ पछि सहमति जुटाउन कार्यदलको बैठक बसेको थियो। तर कांग्रेसको अडानले विच्किएका जसपाका नेताहरू बालुवाटार बैठक छाडेर बिहीबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास छिरेका थिए। त्यस्तै अन्य शिर्ष नेताहरु समेत बाहिरका कार्यक्रममै व्यस्त बन्दा वेलुकी बसेको गठबन्धन बैठकमा पनि कुरा मिल्न नसकेको हो ।
यसले मिल्ने भन्दा दरार उत्पन्न हुने क्रम बढेको भएपनि नेतृत्व तहमा रहेकाहरु भने सबैले हामीले जितेका छौँ भन्ने भावका साथ सिट बाँडफाँड हुने दावी गर्न छाडेका छैनन् । सबैले लचकता देखाउनु आवश्यक रहेको बताउने उनीहरु प्रतिनिधिसभा टुंगो लागेपछि प्रदेशतर्फको टुंग्याउन सहज हुने भन्दै दवाव समेत बढाईरहेका छन ।
गठबन्धनको अवस्था कस्तो बनेको छ भने कांग्रेसले ५० प्रतिशित सिट मात्रै लिएर बाँकि अन्यलाई दिएपनि भागवण्डा नमिल्ने देखिन्छ ।तर एक्लाएक्लै लड्न नसकिने चुनौतीमा पनि उनीहरुमा छन । जसले अन्तत मर्नु भन्दा वौलाउनु निकोको अवस्था आउने देखिएको छ भने सत्तारोहणको सुनिश्चितताका लागि पनि देउवा लचक हुनैपर्ने अवस्था छ । फलत उपयुक्त र न्यायोचित तवरले सिट बाँडफाँट गर्ने प्रतिवद्धता व्यक्त गरेका देउवाले सत्ता गठबन्धन टुटाउन खोज्नेलाई षड्यन्त्रकारीको संज्ञा दिएका छन्।देउवाले सत्ता गठबन्धनसहित चुनावमा जाँदा सबै दलहरुलाई फाइदा हुने भन्दै गठबन्धनविरोधी गतिविधिमा नलाग्न आग्रह समेत गरेकाछन्।
आन्तरिक दवावलाई दवाउन सक्ने अवस्थामा भएपनि देउवा आगामी सत्ता यात्रामा प्रचण्ड वाधक नबन्ने सुनिश्चितता खोजिरहेको छन । गठबन्धन टुटेमाकम्युनिष्ट एक हुने डरले समिकरणनै परिवर्तन गरिहाल्ने अवस्थामा देउवा छैनन् । यसले भागवण्डामा देखिएका ढिलाई कांग्रेसकै लागि फाईदाजनक बनिरहेको छ । तर कांग्रेसलाई खुम्चियाउने र पाएकोमा अरुलाई चित्त बुझाउने कुरा प्रचण्डका लागि पनि फलामकै च्युरा बन्ने देखिन्छ ।


प्रतिक्रिया