Breaking

मंसिर ४ गतेपछि फेरि एमाले सरकारमा आउँदैछ: पूर्वमन्त्री बस्नेत


काठमाडौँ — नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।

भक्तपुरमा शुक्रबार आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल वाग्मती प्रदेशस्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले मंसिर ४ गते पछाडि एमाले फेरि सरकारमा आउने दाबी गरेका हुन् । उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेपछि फटाहाहरुलाई तह लगाउने चेतावनी समेत दिनु भयो ।

उनले भने, ‘मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । उनको भनाई थियो ।