Breaking

कांग्रेसको अवस्था रामराम भन्नुपर्ने भइसक्यो: पूर्वराष्ट्रपति रामवरण यादव


काठमाडौँ — पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताए ।

‘तपाईंहरुले सुन्नुभएको होला, समानुपातिकमा टिकट बिक्री भएको छ । वार्डको टिकट बिक्री भएको छ, पालिकाको टिकट बिक्री भएको छ,’ उनले भने, ‘कांग्रेसको बारेमा राम, राम भन्ने बेला भइसकेको छ । कांग्रेसमा विधि, आदर्शबारे कुरा हुन छाडेको र कांग्रेसका नेता कार्यकर्तामा बीपीको एक गुण पनि नरहेको उनले बताए ।