काठमाडौँ — सत्ता गठबन्धनभित्र मुख्यदलभएरपनिकांग्रेस पेलानमा परेको छ । माओवादीले वढाएको मोलमोलाईको शक्ती र जसरी पनिप्रधानमन्त्रीहुनुपर्ने देउवाको ईच्छाले काग्रेस निरिह बनेको हो । जसले आफूलाई फाईदाजनकहुने अवस्थामामात्रगठबन्धन हुने भन्दै पार्टीको निर्णयमा सहमती गरेको पक्ष अन्तुष्ट बनेको छ भने पार्टीभित्रै विद्रोहको खतरा बढेको छ । स्थानीयतहनिर्वाचनको समिक्षा र आगामीनिर्वाचनको तयारी सहितको एजेण्डामा छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रदेश र संघको निर्वाचनमातालमेल गर्ने निर्णय सर्वसहमतपारित गरेको थियो ।
अन्य सत्ताघटक दलले औपचारिक निर्णय नगर्दै कांग्रेसले गरेको यो निर्णयलाई तालमेल विरोधीअर्र्को गुटले पनि समर्थन गरेको थियो । स्थानीयतहमाभएको तालमेलको विरोध गर्ने डा. शेखर कोईराला समुहले नै निर्णयमातालि बजाएपछि कांग्रेसभित्रको कलह सकिएको संकेतका रुपसमा समेत हेरियो । तर पार्टीको बहुमतको निर्णय भएरमात्रमान्नबाध्यभएको बताएका कोईरालाले कमक्षतीहुने गरी हुने तालमेल मात्रमान्यहुनेबताँउदै आएकाथिए ।
अर्थात अन्य घटक दलएक्लै चुनावमाहोमिने वातावरण नरहेको र कांगेसको राईदाई चल्ने बुझाईले उनीहरु उत्साहितथिए । तर माधवकुमार नेपाल र वामदेव गौतमसहितकालाई हातमालिएर माओवादीअध्यक्षपुष्पकमलदाहालले दवाव बढाएपछिकांग्रेस नेतृत्वनिरिहको अवस्थामापुगेको छ । प्रचण्डको बढ्दो साहसकै उपजकांग्रेसले ८० सिटमा चित्तबुझाउने सार्वजनिकअभिव्यक्तीगठबन्धनका नेताहरुले दिनथालेका छन् ।
तर अहिले समहतीभएअनुसार कांग्रेस प्रचण्डको अफर भन्दा ६ सिट माथिउक्लिएको छ भने माओवादी केन्द्र ४७, एकीकृत समाजवादी १८, जसपा १३ र राष्ट्रिय जनमोर्चा १ सिटमा चुनाव लड्ने भएका छन । यसरी हेर्दा पार्टी एकताको तयारी गरिरहेका प्रचण्ड र माधवकुमार नेपालले ६५ सिट हातपारेका छन । जसले कांग्रेसभित्रभने विद्रोहको खतरा बढेको छ ।
कांग्रेसको यो लचकता देउवाको प्रधानमन्त्रीबन्ने सपनासंगजोडिएको छ । तर संस्थापन ईत्तरपक्षलेभने १ सय सिट भन्दातल र संघ वाप्रदेशमध्ये एकमाकांग्रेस उम्मेद्धार नभएविद्रोह हुने बताईसकेको छ । अहिलेको परिस्थितीमाएक्लै गएपनिकांग्रेससंग कोहि लड्न नसक्ने भन्दै गठबन्धन तोड्न उनीहरुले सभापती देउवालाई दवावदिइरहेका छन् । तर गठबन्धनप्रति देउवाको लगावले के कांग्रेस प्रचण्ड–नेपालकोकाधमानचढीनिर्वाचन लड्न नसक्ने अवस्थामाआएको हो भन्ने प्रश्न समेत उठेको छ ।
देउवाको स्वार्थकै लागिपार्टीलाई घाटा हुने गरी तालमेल गर्न नहुनमत पार्टीभित्रवलियो बन्दै गएको छ । अर्कातर्फ कम्यनिष्टले देशलाई सकाउँदाकांग्रेसकै आवश्यकता रहेको कुरा पनि ईतिहासले पुष्टि गरिसककेको नेताहरु बताउछन ।त्यस्तै नागरिकताविधेयकमा देखाएको सक्रियताएमसीसीमालिएको अडान र आफू सत्तामा रहनु जस्ता कुराले पनिकांग्रेसलाई अहिले भन्दाएक्लै लड्ने उपयुक्त समय कहिल्यै नहुने उनीहरुको बुझाई छ । यहि कारण कसैको साथनभएपनि पार्टीलाई वहुमतल्याउने जिम्माआफ्नो भएको कोईराला समुहका नेताहरुले अभिव्यक्ती नै दिदै आएका छन ।
हुन त तालमेल गर्ने विषय नै सबैको फाइदाकै लागिगर्ने हो । यदिआफ्नो स्वार्थ अनुकुलनभएकांग्रेसकै छत्रछायामै अन्य घटक बस्छन भन्ने पनि छैन । तर तालमेलको जग नै आन्तरिक व्यवस्थापन र निर्वाचनपछि दलको हैसियतकोमनोविज्ञानमा रहँदादेउवाको सपनापूर्ती र प्रचण्ड खुसीको निर्णय कांग्रेसकै लागिभने गलापासो बन्न सक्छ ।


प्रतिक्रिया