Breaking

कमेडिएन अपूर्व क्षितिजलाई थप पाँच दिन हिरासतमा राख्ने, हुन सक्छ यस्तो सजाय


काठमाडौँ — कमेडियनअपूर्व क्षितिज सिंहलाई थपपाँचदिन हिरासतमा राखिने भएको छ । नेवार समुदाय र परम्पराको खिल्ली उडाएको आरोपमापक्राउ परेका उनलाई थप अनुसन्धानकालागिहिरासतसमय थप गरेको हो । सडक,समाजिक सञ्जालहुँदै सदनमा समेत उनको रिहाईको माग उठेपछि यो विषयथप पेचिलो बन्दै गएको छ । पछिल्लो समय सामाजिक सञ्जालतथा इन्टरनेटको बढ्दो प्रयोगले दैनिकीजति सहजबनाएको छ त्यत्तिकै समाजमा अनेक बिकृतिहरु पनिनिम्त्याईरहेको छ । सामान्यविषयहरु सामाजिक सञ्जालकै प्रयोगका कारण विवादितबन्दै आएका छन् ।

पछिल्लो पटक स्टयान्डप कमेडियन अपूर्व क्षितिज सिंहको हिरासतयात्रा यसैको उपजहो । कुनै समुदायविशेषलाई तोकेर व्यङग्य गरेकै कारण एक कलाकार आजथुनामा छन् । स्टयान्डप कमेडियन अपूर्व क्षितिज सिंहले दर्शक हसाउन गरेका व्यङग्यले उनलाई प्रहरी हिरासतसम्मपु¥यायो ।युट्युबच्यानलकमेडी क्याफेमाराखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथिव्यंग्य गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले भाद्र १२ गते पक्राउ गरेको थियो ।युट्युब च्यानलबाट अपलोडगरिएको ‘नेवारको परम्परा’शीर्षकको सामग्रीमाअभियन्ताहरुले आपत्तिमात्रजनाएन्न मुद्धा नै दायर गरे ।

नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएसामाजिक सञ्जालमार्फत माफी नै मागे । तर गतभाद्र १२ गते पक्राउ परेका उनीअझथपपाँचदिनप्रहरी हिरासतमा बस्नु पर्ने भएको छ । जिल्लाप्रशासनकार्यालयले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धानगर्नेभएको छ । यतासडक,सामाजिक सञ्जालदेखि सदनमा समेत अपूर्वको रिहाईको माग उठिरहेको छ । बुधवार प्रतिनिधिसभा बैठकमा प्रमुखप्रतिपक्षदल नेकपाएमालेका प्रमुख सचेतकसमेत रहेका सांसद विशाल भट्टराईलेअपूर्व क्षितिज सिंह पक्राउमाविरोध जनाएका छन ।उनले कलाकार सिंहको रिहाईको मागसमेत गरेका छन ।

पक्राउभएयतादेखि उनको रिहाईको माग सहित सामाजिक सञ्जालमाफ्रि अपूर्व अभियान नै चलाएका छन । यो अभियानमाउनका समर्थक नेता देखि स्थापितकलाकार समेत छन । कलाकारले विशुद्ध मनोरञ्जन र हासोका लागि यस्ता प्रस्तुतीदिने भएकाले त्यही रुपमाबुझिदिनु पर्ने कलाकारहरु आफै बताउँछन ।

हुनतव्यंग्यतथाकमेडी गरेकै कारण विवादअनिआलोचनामाकलाकारहरु तानिएको यो पहिलो घटना भने होइन । अपूर्व विरुद्ध अपमानजनकवाअमानवीयव्यवहार गर्न नहुने, भेदभावपूर्ण व्यवहार गर्न नहुने, सार्वजनिकशान्तिखललपार्न नहुने तथा भेदभावतथाअन्यअपमानजनकव्यवहारसम्बन्धी कसुर गर्न नहुने शीर्षकहरुमाउजुरी परेको छ ।

मुलुकीअपराध संहीता, २०७४ दफा १६५ अन्तरगतको मुद्दामा उनलाई उजुरी परेको टेकु प्रहरीले जनाएको छ । उनीविरुद्ध दर्ता भएको उत मुद्दामा नेपालको वर्तमान कानुनअनुसार एक वर्षसम्मको कैद र १० हजार रुपैयाँ जरिवानाको सजायहुन सक्ने व्यवस्था छ ।