Breaking

निजामती सेवालाई थप सक्षम बनाउनु पर्छ : प्रधानमन्त्री देउवा

योहो संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले समयको परिवर्तनसँगै निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । सेवा प्रवाहलाई चुस्त बनाउन र विकास निर्माणको कार्यमा गति दिनुपर्ने प्रधानमन्त्रीले खाँचो औंल्याएका छन् ।

प्रधानमन्त्री देउवाले निजामति सेवा दिवसको अवसरमा शुभकामना दिनुहुँदै निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्ति विकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित गर्न सरकार प्रतिबद्ध रहेको ताएका छन् ।

निजामती सेवा राष्ट्रको दर्पण भएकाले यसको सुधार बिना राष्ट्रिय समृद्धिको सपना सम्भव नहुने उनले बताएका छन् । निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, “सरकारले निजामती सेवामा समसामयिक सुधार गरी संघ, प्रदेश र स्थानीय तीनवटै तहमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनमा सुधार ल्याउन विभिन्न प्रयास गरिरहेको छ ।”