काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्यमाथि संसदमा प्रश्न उठेको छ । राणाले बयानका क्रममा असान्दर्भिक व्यक्ति र विषयलाई जोडेर अभिव्यक्ति दिएकाले उनको स्वास्थ्य स्थिति परीक्षण गर्न सांसद गजेन्द्र महतले माग गरेका हुन् ।
उनले भने, ‘प्रधानन्यायाधीश राणाले बयानका क्रममा असान्दर्भिक व्यक्तिलाई लान्छना लगाइरहेका छन्। उनको मानसिक अवस्था ठीक नभएकाले परीक्षण गराउन माग गर्दछु ।’


प्रतिक्रिया