Breaking

प्रतिनिधि सभाको बैठक बस्दै

योहो संवाददाता

काठमाडौँ — आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको संसद् बैठकका लागि सम्भावित कार्यसूची पनि बनाइएको छ । सचिव योगीका अनुसार आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसपछि आजै यसका लागि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने उक्त विधेयक पारितका लागि पनि आजै प्रस्ताव प्रस्तुत हुनेछ ।