काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज पाण्डे पाँचदिने नेपाल भ्रमणमा छन । नेपाली सेनाको मानार्थ महारथीपद ग्रहण गर्न काठमाडौ आएका पाण्डे उच्चस्तरीय भेटघाट देखि माउन्टेन फ्लाइट मार्फत नेपालको हिमाल अवलोकन गर्ने सम्मका कार्यतालिका छ । सीमा विवाद र पछिल्लो समय अग्निपथमा गोर्खा भर्ति सामेल गराउने प्रस्तावका कारण थप पेचिलो बनेको नेपाल भारत सम्बन्ध सुधारमायो भ्रमण फलदायी होला? नेपाल–भारतबीच रहेको खुला सीमाजति विवादित छ कुटनीतिक हिसावले उत्तिकै महत्वपूर्णर अद्वीतियछ ।
दुवै मुलुकले एक–अर्काका सेना प्रमुखलाई मानार्थ महारथी प्रदान गर्ने परम्परा पनि विशेष रहि आएको छ । सन् १९५० देखि नेपाली सेना र भारतीय सेनाबीचको यो परम्परा अन्य मुलुकले खासै अभ्यास गरेका पाइँदैन । यहि परम्परा अनुसार सोमवार भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपाली सेनाको मानार्थ महारथी ग्रहणगरेका छन । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल आएका सेना प्रमुख पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा प्रदान गरेकीहुन् । नेपालको मानार्थ महारथीको पाउने उनी १९ औं भारतीय सेनापतिहुन् ।
दुई मुलुकका सेनाबीचचल्दै आएको यो परम्पराले शैन्य कुटनीतिमा सहयोग पुगेको छ । राजनीतिक संवाद ठप्प भएका बेला समेत शैन्य कुटनीतिले निरन्तरता पाउँदै आएको छ । राष्ट्रिय सुरक्षाका दृष्टिले समेत महत्वपूर्ण मानिने शैन्य कुटनीतिले दुई मुलुकको सुरक्षा र सामारिक महत्वमासकारात्मकप्रभाव परेको छ । तर भारतीय सेनाले शैन्य कुटनीतिलाई आफु अनुकुलप्रयोग गर्दै आएपनि नेपालले भने यसमा चुकेको देखिन्छ । दुई मुलुकबीच विवादित लिपुलेक क्षेत्रमा भारतीय सेनाले बाटो बनाएको विषय रत्रिपक्षीय सन्धि सम्झौतालाई अवज्ञा गर्दै भारतले अघि सारेको गोर्खा भर्तीलाई अग्निपथ योजनामा सामेल गराउने विषय यसको उदाहरण मान्न सकिन्छ । अग्निपथ योजनावारे भारतमा विरोध चलिरहेकै छ । जानकारहरु भने अग्निपथमा नेपाल सहभागी हुनै नहुने तर्क गर्दै आएका छन् ।
मुलुकको परराष्ट्र मामिला सञ्चालनमा सुरक्षानिकायबीचको कुटनीति अझ विश्वसनीय र प्रभावकारी मानिन्छ । राजनीतिक तहबाट असम्भव कुटनीतिक मामिलामा शैन्य कुटनीति आशा र आधारका रुपमा लिइन्छ । नेपाल–भारतबीचका सैनिक सैनिकबीचको कुटनीतिक अभ्यासले नेपालभारत सम्बन्धमा सहजता प्रदान गर्न मात्र होइन मुलुकको सामारिक प्रतिरक्षा र राष्ट्रिय सुरक्षामा समेत विशेष सहयोग पुग्नेमादुई मत छैन । चासोका साथ हेरिएको सेना प्रमुख पाण्डेको नेपाल यात्राले नेपाल–भारत सम्बन्ध सुधार र अग्निपथ योजनामा कस्तो मोड लिन्छ भन्ने विषय थप चासोपूर्ण बनको छ ।


प्रतिक्रिया