काठमाडौँ — यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो ।
तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए । दसैँतिहारको मुखमा यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने सन्दर्भमा अहिलेसम्म आधिकारिक निर्णय भइसकेको छैन ।
तर, आवश्यक समयलाई ख्याल गर्दै उचित समयमा नै अग्रिम टिकट बुकिङ खुल्ला गर्छौँ,’ पनेरुले भने । सम्बन्धित यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी लगायतका सरोकारवाला निकाय तथा व्यक्तित्वहरूसँग अहिले विभागको छलफल चलिरहेको र केही दिन भित्रै आधिकारिक निर्णय सार्वजनिक गर्ने उनले बताए ।


प्रतिक्रिया