काठमाडौँँ — आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री पठान सिंह बोहरा उम्मेदवार बन्ने भएका छन्। बोहरा प्रतिनिधि सभा प्रत्यक्षतर्फ डडेल्धुराबाट सर्वसम्मत सिफारिसमा परेका छन्। ०७४ सालमा डडेल्धुरा प्रदेश सभा १ मा बोहराले कांग्रेसका रघुवर भट्टलाई पराजित गरेका थिए।
माओवादी केन्द्रको समेत समर्थन रहेको त्यस बेला बोहराले १३ हजार ५६३ मत ल्याएका थिए भने कांग्रेसका भट्टले ११ हजार ३९४ मत ल्याएका थिए। एमालेबाट सुदूरपश्चिम प्रदेश सभामा सांसद समेत रहेका उनै बोहरा यसपटक प्रतिनिधि सभातर्फ चुनाव लड्ने भएका हुन। एमालेबाट बोहरा एक्लैको नाम सिफारिसमा परेपछि यहीँ आधारमा केन्द्रबाट टिकट वितरणमा भएमा उनले टिकट पाउने निश्चित छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पनि डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भएका छन्।


प्रतिक्रिया