काठमाडौँ — गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उहाँ पेशाले फोटो पत्रकारसमेत हुनुहुन्छ । उहाँलेसगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सक्नु भएको छ । अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लुहिमालको आरोहणमा जादै हुनुहुन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ ।

यसै सन्दर्भमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नुभयो र सूश्री पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेको वताउनु भयो ।



प्रतिक्रिया