Breaking

अध्यक्ष ओली झापा ५ बाट उम्मेदवारमा सिफारिस


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा(५ बाट प्रतिनिधि सभा उम्मेदवारमा सिफारिस भएका छन् । क्षेत्रीय समितिको बैठकले ओलीको नाम सर्वसम्मत सिफारिस गरेको झाप(५ का एमाले इन्चार्ज होम थापाले बताए ।

ओली २०७४ सालको चुनावमा ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी डा। खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका थिए ।