देश

नबिलबैंक र दराजबीच दशैंधमाका महोत्सवकालागि सम्झौता

योहो संवाददाता

काठमाडौँ — नबिलबैंक र दराजबीच“दराजदशैं धमाका“महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र२९गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ । दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु २,५०० सम्मको छुट प्राप्तगर्न सक्नेछन् । उक्त छुट प्राप्तगर्नको लागिग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रियगर्नु पर्नेछ ।

दराजदशैं धमाका २०७९का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए। रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सवभएको र आफ्नाग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्ड वाहाकमाझछुट्टै उत्साहथपिने कुरामाआफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताए ।

नबिलबैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी २३३ शाखाहरु र २६९ एटिएम काउण्टरहरु रहेका छन् । नबिलबैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।साथै यसले नेपालको बैंकिङ्गविकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा कामगर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्गयुगको शुरुवातगर्दै आफ्नोे व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदानगर्ने तर्प केन्द्रित गरेको छ ।