काठमाडौँ — काठमाडौं महानगरपालिकाले सात क्यासिनोलाई पत्र काटी मनोरञ्जन कर तिर्न पत्र पठाएको छ। महानगरको राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले पत्र काटी सात दिनभित्र मनोरञ्जन कर तिर्न भनेका हुन्। डेल्टिन क्यासिनो होटल, मेरियट, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो र्याट र्याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन हायात होटल, माजोङ इन्टरटेनमेन्ट होटल सोल्टी, बाल्को क्यासिनो होटल एलफ्ट र बेली क्यासिनो मल्ल होटललाई महानगरले पत्र काटेको हो। बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकामा उक्त क्यासिनोले पटक पटक ताकेता गरे पनि हालसम्म कर नतिरेको विभागीय प्रमुख अधिकारीले बताए।
आव २०७५र०७६ देखि हालसम्म कर नबुझाएकोले प्रदेश आर्थिक ऐनले तोकेको दररटेमा हालसम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत पत्र प्राप्त भएको मितिले ७ दिनभित्र बबरमहलमा रहेको विभागमा बुझाउन महानगरले क्यासिनोहरुलाई भनेको छ। कर नतिरे महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरिने र सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने उल्लेख गरिएको छ।


प्रतिक्रिया