देश

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क


काठमाडौं — विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी–जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीडस्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको होे।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेल लेडाउनलोडमा १७।३१ एमबीपीएसर अपलोडमा ९।२६एमबीपीएस गतिका साथ कुल१७।१६ स्पीड स्कोर प्राप्त गरेको थियो। यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो। ऊक्लाले जनवरीदेखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एपस्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल१६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो ।