काठमाडौँ — काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ । महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ । मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउन सुरु गरेको हो ।
काठमाडौं महानगरपालिका(२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल९माटोको भाँडा कुँडाको लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो । वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ(बायाँ९दूध डेरी०मा रहेका पसलहरु हटाउन निर्देशन दिएको हो ।
२४ घण्टा समय दिएर हामीले काठमाडौंको सौन्दर्यता, पर्यटन र ऐतिहासिक वस्तुलाई असर पर्ने व्यवसायहरु हटाउन निर्देशन दिएका उनले बताए । वडाध्यक्ष शाक्यले भने, भोलिसम्म कुर्छौं उहाँहरुले हटाउनु भएन भने महानगर प्रहरी लगाएर हामी आफैं हटाउँछौं । यहाँबाट सुरु मात्रै भएको हो, ऐतिहासिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा असर पर्नेगरी कुनै व्यवसाय गर्न नदिने अभियान सबै तिर लागू हुन्छ ।


प्रतिक्रिया