काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिट बाँडफाँडको विषयमा छलफल भएको छ । गठबन्धनमा सिट बाँडफाँडमा सहमति जुट्न नसकिरहेको बेला देउवा र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गठबन्धनमा कांग्रेसले सय सिट र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ । यसैबीच, सिट बाँडफाँटबारे पाँचदलीय कार्यदलमा आज पनि छलफल हुँदै छ । दिउँसो ३ बजेपछि छलफल सुरु हुने कार्यदलका एक सदस्यले जानकारी दिए । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी रहेको छ ।


प्रतिक्रिया