काठमाडौँ — नेकपा एमालेले अछाम निर्वाचन क्षेत्र न. २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेद्वारको नाम सिफारिस गरेको छ । अछाम निर्वाचन क्षेत्र न.२ (क) प्रदेश अन्तर्गत प्रत्यक्षतर्फ सिफारिस उम्मेद्वारहरुको नामावाली यसप्रकार छ । भीम बहादुर विष्ट, बमबहादुर विसी, कमल रावल, बलबहादुर कुवंर, नन्द चलाउने, प्रेम खत्री, शिद्दादेवी शाही परेका छन ।
यता निर्वाचन क्षेत्र न. २ (ख) प्रदेश अन्तर्गत चन्द्र बोहरा, शिव प्रसाद उपाध्याय, भिम रावल कालोटोपी, दिपक अधिकारी, भिम जनला, कृष्ण साउद, लिला केशी, टोप शाही प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेद्वारहरु रहेका छन । निर्वाचन क्षेत्र न. १ (क) प्रदेश अन्तर्गत प्रत्यक्षतर्फ प्रकाश शाह, देव बहादुर कुवर, देब बहादुर साउद, सीता कुवर सिफारिस भएका छन । त्यस्तै निर्वाचन क्षेत्रः १ (ख) प्रदेश अन्तर्गत प्रत्यक्षतर्फ कृष्ण प्रसाद जैशी, केशर बहादुर साउद, डिबि साउद, पद्मा तिमिल्सिना न्यौपाने सिफारिस भएका छन ।


प्रतिक्रिया