Breaking

मेयर बालेनका १०० दिन : ६ बुँदे प्रष्टीकरण, अझै गाली र आलोचना सहन तयार छौँ


काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले १०० दिनमा गरेका केही महत्त्पूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् । कमी–कमजोरी, आलोचनाहरू पनि उल्लेख गरेका छन् । बालेनले फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गरेका छन् । आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै उनले उक्त स्वीकार गरेका हुन् ।

“हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मूल्यांकन गर्नेभन्दा पनि आममानिसले कसरी हेर्नुभयो भन्ने बढी अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्‍यौँ । त्यसले आममानिसमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ,” उनले लेखेका छन्, “मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरू गर्‍यौँ भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ ।”