काठमाडौँ — नायिका एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापालाई सिंगै देशले चिन्छ तर उनी जन्मेको ठाउँ सलकपुर, मोरङ लाई देशले चिन्दैन। ‘हिम्मतवाली रेखाले अब आफू जन्मेको ठाउँलाई पे ब्याक गर्ने भएको उनी बताउँछिन्। रेखा थापा आगामी मंसिर ४ मा हुने चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिभिसभामा चुनाव लड्ने तयारीमा छिन्। राप्रपाले उनको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेको छ।
कलाकारिताबाट नाम र पहिचान कमाएकी रेखाले राजनीतिमा हाम्फालेको लगभग डेढ दशक हुन लाग्यो। अब उनी संसदमा प्रवेश गर्न चाहन्छिन्। राजेन्द्र लिङदेनको नेतृत्वको राप्रपामा केन्द्रीय सदस्य रहेकी रेखालाई समानुपातिकको सूचीमा सुरुआती नम्बरमै राखेर संसद प्रवेश गराउन पार्टी नेतृत्व तयारै देखिन्छ ।
किनभने, देशका हरेक भागमा हुने राप्रपाका सभामका रेखाका पोष्टर टाँगिँदै आएका छन्। तथापि रेखाले भने समानुपातिकको सुविधाभोगी बाटो छाडेर एमाले– कांग्रेसको प्रभाव रहेको मोरङ ३ मा चुनाव लड्ने जोखिमपूर्ण बाटो रोजेकी छिन्। तर, उनी आफूले चुनाव जित्ने दाबी गर्छिन्।


प्रतिक्रिया