Breaking

कुलमान घिसिङलाई हरिवंश आचार्यको शुभकामना


काठमाडौँ — वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आउँदो प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्न लागेको भन्दै शुभकामना दिएका छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा शुक्रबार राति आयोजना गरेको एक कार्यक्रममा बोल्दै आचार्यले घिसिङलाई शुभकामना दिएका हुन् ।

प्राधिकरणको नेतृत्व गर्दा विद्युत व्यापार गरिरहेको र काम प्रशंसायोग्य भएको उनले बताए । उनले विद्युत क्षेत्रमा भएको उपलब्धी घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको पनि बताए । उनले नेकपा माओवादी केन्द्रले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौं । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर,’ आचार्यले भने, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन्। लैजाने रे भन्ने हल्ला पनि सुनेका छौं हामीले। उहाँलाई शुभकामना ।