काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराउनुभएको हो ।
उहाँले यस भन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको सुनसरीमा गत निर्वाचनमा प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभयो ।


प्रतिक्रिया