Breaking

कसले दिन्छ चोलेन्द्रले सोधेका प्रश्नको जवाफ,आरोप लागेकाहरु के गर्लान ? के उनले लगाएका आरोप सत्य हुन ?

योहो संवाददाता

काठमाडौँ — नेपालको ईतिहासमै पहिलो पटक प्रधानन्यायधीसले आफ्नो विरुद्धको महाअभियोगबारे बयान दिदै गर्दा धेरै रहस्यहरु उदाङ्गो बनेका छन । उनले महाअभियोग सिफारिस समिति समक्ष दिएको बयानमा उत्तरमात्र नदिएर केहि प्रश्न समेत सोधेका छन । जुन न्यायपालिका र राजनीतिक क्षेत्रका शिर्षस्थ नेतृत्वतर्फ सोझिएको छ । जुन केहि हदसम्म सत्य पनि देखिएको छ ।

जसको जवाफ कस्ले दिने त ? लहरो तान्दा पहरो थकिन्छ भन्ने नेपाली उखान यति एक प्रसङमा चरितार्थ हुने देखिएको छ । निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणासंग महाअभियोग सिफारिस समितिले लिएको बयानका क्रममा राणाले दिएको जवाफले यो अवस्था देखिएको हो । समिति सदस्यले सोधेका प्रश्नको जवाफ दिने क्रममा राणाले यस्तो एउटा दृश्य देखाईदिएका छन जसले यो व्यवस्था भित्रभित्रै कुन अवस्थामा पुगेको रैछ भन्ने प्रष्ट पारिदिएको छ ।

आफू त्यसको एक सानो अंशमात्र भए जसरी प्रस्तुत भएका उनले सोधेका प्रश्न र लगाएका आरोपमा धेरै सत्यता समेत छ । फलत आफू मात्र किन फस्ने भन्ने उदेश्यले मात्र भएपनि राणा मुख खोल्दा प्रश्नहरु अन्य आरोपित तर्फ पनि सोझिएको छ ।राणाका अनुसार महाअभियोग प्रस्ताव गर्नेहरुले दीपकबहादुर कार्कीलाई प्रधानन्यायाधीश बनाउने कुरा र महाअभियोगलाई वार्गेनिङको आधार बनाएका थिए भने बारका अध्यक्ष तत्कालीन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ न्यायाधीश नियुक्तिको बेला हरेकपटक भाग खोज्थे।न्यायाधीश प्रकाशमानसिंह राउत मुद्धाका विषयमा बागेर्निङ गर्थे भने नैतिक आचरण समेत ठिक नभएका उनीमाथि प्रश्न गर्दा पनि आफू संकटमा परेको उनको भनाई छ ।

ललितानिवास प्रकरणको मुद्धाको पेशी तोकिएपछि तथा १४ जना सांसदबारेको मुद्धाको विषयले पनि राणालाई स्वाद चखाउने सत्ता गठबन्धनले सोचेको थियो । सहकर्मी न्यायाधीश, कानुन व्यवसायी र कतिपय नेताहरूमाथि पनि विभिन्न किसिमका आरोप र लाञ्छनाहरू लगाएका उनलेबार, न्यायाधीश र राजनीतिज्ञहरुले चाहेको अनुकूल काम नगरेकाले आफूलाई महाअभियोग लगाएको दाबी गरेका छन ।

यसले न्यायलयको विद्रुप पाटो बाहिर आएको छ भने यसमा तानिनेहरुले आफ््नो बचाउ कसरी गर्छन चासो बढेको छ । जसले समिति सदस्यले सोधेका प्रश्नको उत्तर त राणाले दिएका छन अव उनले सोधेका प्रश्नको उत्तर कस्ले दिने भन्ने वहस समेत अहिले चर्को बनेको छ । बयानको केहि अंशमात्र सकिदा उनले आरोपित गर्ने व्यक्तिहरु अझ बढ्ने छन भने निर्वाचनको मुखमै आरोपित नेताहरुको लागि पनि संकट बढ्ने छ ।

यसले राजनीतिक स्वार्थका लागि महाअभियोग ल्याईएको राणा र एमालेको आक्षेपकावीच राणा नै सबै समस्याको जड भएको प्रमाणित गर्ने चुनौती पनि थपिदिएको छ । अर्कातर्फ अन्य न्यायधीसमाथि पनि महाअभियोग किन नलगाउने प्रश्न पनि पेचिलो बन्दै छ । यहि कारण गठबन्धनले बयान महाअभियोग सिफारिस समितिमै रोक्नसक्ने आशंका एमालेले नेताहरुको छ । यसले महाअभियोग बारे एमालेको धारणा सहि रहेको पनि प्रमाणित गर्ने छ भने राणा प्रतिको नकारात्मकता पनि कम हुने छ ।

तर बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भने अरुलाई दोष लाएर आफू उम्किने सुविधा राणालाई नभएको बताउछन । स्वच्छ न्यायपालिका बनाउने जिम्मा प्रधानन्यायधीसका रुपमा राणाकै भएको र त्यसमा उनी सफल हुन नसक्दा बाटो खाली गर भनेको उनको भनाई छ । भावनात्मक कुरा गरेर उम्किने अवस्थामा राणा नरहेको बताउने भण्डारी राणाको न्यायलय प्रवेश अव सम्भव नभएको बताउछन ।

हुन तआफू फसेपछि उम्किन अनेक कृत्य गर्नु नयाँ कुरा हैन । तर कुनै एक अमुक व्यक्तिलाई तारो बनाउने कि पद्धती नै सुधार गर्ने मुख्य प्रश्न यहि हो । त्यस्तै के पद्धती नै भ्रष्ट भएको स्थानमा नेतृत्वकर्ताको हैषियतले मात्र कोहि दोषी र कोहि निर्दोष बन्न सक्छ ? आम प्रश्न पनि यहि हो । यसको अर्थ अरुलाई दोष लाएकै भरमा राणा निर्दोष हुन भन्ने नभए पनि उनी जस्तै अरु भ्रष्ट चाँहि किन दोषी हैनन् भन्ने हो । यद्यपी राणाले लगाएकै आरोप कति सत्य त्यो भने प्रमाणित हुन जरुरी छ ।