काठमाडौँ — कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताए।
यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने परीक्षा नियन्त्रक शर्माले बताए ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।


प्रतिक्रिया