काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने बताएका छन् ।
शुक्रबार सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको दाबी गरे । हिजो अबेरसम्म बसेर गठबन्धनमा संख्या सहमतिको नजिक पुर्याएको र अब एकैपटक प्रदेश र क्षेत्रको पनि टुंग्याउने गरी आज दिनभरी छलफल हुने अध्यक्ष प्रचण्डले बताए ।
यो पटक प्रतिनिधि र प्रदेश दुबैमा सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको बताए । फरक प्रसंगमा प्रचण्डले आगामी निर्वाचनमा आफू चितवन–३ बाटै चुनाव लड्ने बताए ।


प्रतिक्रिया