काठमाडौँ – महाअभियोग सिफारिस समितिले लिएको बयानमा निलम्बित प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा नै हावी देखिएका छन् । बयान लिन उपस्थित सांसदहरुलाई नै राणाले खरो प्रतिप्रश्न गरेपछि बयान कार्य प्रभावित बनेको छ । आखिर राणामा यो तहको आत्मविश्वास कसरी विकास भयो ?
महाअभियोग सिफारिस समितिले लिएको बयानको क्रममा पूर्व अनुमानित भन्दा फरक किसिमले प्रस्तुत भएका निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाले आरोपहरुको विस्कुन नै फिजाएका छन । ललिता निवास प्रकरणको पेशी तोकेका कारण महाअभियोग ल्याईएको आरोप लगाएका उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको बाहेक सवैको खेदो नै खनेका छन ।
न्यायधीस नै मातेर लड्ने गरेको, पैसाको वार्गेनिङ गर्ने गरेको, आफू अनुकुलको मुद्धा मात्र हेर्ने गरेको जस्तो आरोपले न्यायलयको अवस्था उदाङ्गो पारेका उनले राजनीतिक नेतृत्व माथि पनि प्रश्न उठाउन छाडेनन् । हो वा होईन भन्ने प्रश्न र उठेको विषयमा तत्थ्यगत वयान दिने अवस्था सिर्जना गर्न नसकेका समिति सदस्य उपर उनी निकै रवाफिलो रुपमा प्रस्तुत भएका थिए ।


प्रतिक्रिया