देश

युके नेपाली मेलामा देखियो कुमारी रथ देखि भेँडी गोठसम्म, बेलायतमा सिंगो नेपालको झल्को


काठमाडौँ — रोजगारी लगायतविभिन्न कारणले परदेशीएका नेपालीहरुले विदेशमापनि नेपालीकला सस्कृतीको सम्झना र संरक्षण गर्ने गरेका छन् । बेलायतमा बढ्दो नेपालीहरुको उपस्थितिकाबीचहरेक वर्ष नेपाली मेलाको आयोजनागर्दै आएका छन् । यस वर्ष बेलायतमा बस्ने नेपालीहरुले १३ औँ नेपाली मेलाको आयोजना गरेका छन् । नेपालीकला सस्कृतीझल्कीने थरी थरीकायीझाँकीको रुप नेपालमापनि एउटै समारोहमाआक्कलझुक्कलमात्रै देख्न पाइन्छ । नेपाली परापूर्व कालदेखिको सस्कृती र रहनसहनलाई नेपालमै रहेका समूदायले समेत उत्तिसाह्रो महत्वदिएको पाइँदैन ।

तर नेपालबाट ४ हजार ५ सय ८२ माइल टाढा रहेको बेलायतमा बस्दै आएका नेपालीहरुले हरेक वर्ष नेपालीकला सस्कृतीको सम्झनागर्दै नेपाली मेलाको आयोजनागर्दै आएका छन् । यही अगष्ट २८ अर्थात भदौ १२ गते १३ औँ नेपाली मेला सम्पन्नभयो । आइतबार लन्डनको फेल्थामस्थित केम्पटन पार्क रेसकोर्समाहजारौँ नेपालीकाबीचविभिन्नजातजाती र समूदायले आ–आफ्नो सस्कृतीझल्कीने झाँकीहरुप्रदर्शन गरे । गुरुङ समुदायको संस्था तमुधिं यूकेले आयोजना गरेको नेपाली मेलामा बेलायतमा रहेका ३४ वटा समाजले भागलिँदै आफ्नो आदिमकालको जीवनशैलीझल्कने इतिहास देखाए ।

नेपाली मेलामा ३६ वटा झाँकी र ४१ व्टा स्टलहरु रहेकाथिए । समूदायगतविशेष्ताबोकेका नेपालीखानाका परिकारहरु, विभिन्नजातीगतपोषाकहरु स्टलमा राखीएको थियो । नेवारी समूदायको कुमारी रथ यात्रा र धीमिबाजादेखि गुरुङ र मगर जातीका पुराना सास्कृतिकबाजा र नाचगान समेत मेलामा प्रस्तुतगरिएको थियो । यस्तो मेलाले विदेशमा रहेका नेपालीहरुलाई नेपालीजीवनशैलीलाई ताजकिकरण गर्ने उनीहरुको विश्वास छ ।

्१३ वर्ष अघि देखि नै बेलायतमा रहेका नेपालीहरुले नेपाली मेलाको आयोजना सुरु गरेका थिए । तमुधीले आयोजना गरेको यो मेलामानेपालीहरुको जमघट गराउने अवसर मिल्ने र एक आपसमा सस्कृतीको चेतना र पुस्ता हस्तान्तरणमा पनि सहयोग मिल्ने नेपाली मेलाकातमुधिकापूर्व अध्यक्षएवं परिकल्पनाकार सुवाससिंह गुरुङले बताए ।

१३ औँ नेपाली मेलाआयोजनाका संयोजकतमुधि युकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ हुन् भने तमुधिकाअध्यक्षहितकाजी गुरुङ हुन् । हरेक वर्ष बेलायतमाआयोजनाहुने यस्ता कार्यक्रमहरु नेपालमापनिवर्षैपिच्चे हुने पर्ने कला सस्कृति संरक्षण अभियन्ताएवं गायतक योगेश्वर अमात्यले बताए । बेलायतमा यस पटक आयोजनागरिएको नेपाली मेलामा नेपालबाट केहीपत्रकार तथा सञ्चारकर्मीहरु समेत सहभागीहुनपुगेका थिए ।