काठमाडौँ — दलहरु उम्मेद्धार टुङ्गो नलाग्दै आगामी प्रधानमन्त्री को हुने भन्ने वहसमा लागि परेका छन । यद्यपी एमालेले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा गठबन्धनले भने भागवन्डामै व्यस्त रहदाँ साझा उम्मेद्धारबारे छलफल समेत गरेको छैन । यो दौडमा नयाँ दल र स्वतन्त्र उम्मेद्धार समेत देखिँदाँ आगामी नेतृत्व कस्को भन्ने चासो भने बढेको छ ।
बीबीसीको साझा सवाल कार्यक्रममा सहभागीको रूपमा प्रधानमन्त्री देउवालाई आक्रोशित तुल्याउने गरी प्रश्न सोधेपछि उनी चर्चामा आएका गुल्मीका युवासागर ढकालले देउवालाई चुनौती दिन डडेलधुराबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। त्यसको तयारी स्वरुप डडेलधुरा समेत पुगेका ढकाल र उनको समुह आउँदो चुनावपछि ४० वर्ष नपुगेकालाई प्रधानमन्त्री बनाउने अभियानमा छ ।
त्यसको निम्ति १६५ वटै निर्वाचन क्षेत्रमा ४० वर्षभन्दा कम उमेरका उम्मेदवारको खोजी भइरहेको उनको बताउने ढकाल ’हजुरबुवा पुस्तालाई आराम दिनुपर्ने’ अभियान चलाइरहेका हुन । वेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स सकेर उनी आफै पनि अभियान सफल भए प्रधानमन्त्री बन्ने तयारीमा छन । सन्चार क्षेत्र छोडेर दल नै गठन गरी राजनीतिमा होमिएका रवी लामिछाने पनि यो पल्ट वाहरुलाई रोक्ने अभियानमा छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताएका छन् । उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका छन । निर्वाचनको तयारी र संगठन विस्तारका लागि देशभर नै दौडधुप गरेका उनले आगामी निर्वाचनबाट स्वतन्त्र पार्टीले बहुमतको सरकार, अर्को पटक दुई तिहाईको बहुमत ल्याउने अपेक्षा राखेको बताँउदै आएका छन । देशको नेतृत्व गर्न पाए बेथितिको चङ्गुलबाट देशलाई मुक्त गराउने दाबी गरेका उनको दौडधुप पनि देशको प्रधानमन्त्री बन्नेमै छ
यसरी वाहिर स्वतन्त्र र साना तथा नयाँ दल तथा पुराना दलकै भित्र पनि नयाँ अनुहार नेतृत्वका लागि तयारी गरिहँदा पार्टीभित्र भने पुरानैलाई अघि सार्ने कार्य सुरु भईसकेकोे छ । यहिवीचमा एमालेले पनि आगामी प्रधानमन्त्री को बन्ने भन्ने निर्णय नै गरिसकेको छ भने उता सत्ता गठबन्धनभित्र पनि प्रधानमन्त्री बन्नेको लाईन नै छ ।
सिट बाँडफाँटमा रूमलिएको गठबन्धनका दलहरूले भावी प्रधानमन्त्रीको साझा उमेदवार बनाएर चुनावमा होमिने संकेत समेत गर्न नसकेपनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल प्रधानमन्त्रीका स्वभाविक उम्मेद्धार हुन । दाउ थाप्न गठबन्धनमा मिसिएका वामदेव गौतम पनि एकचोटि प्रधानमन्त्री भएरै छोड्ने अडानमा छन ।
यता देउवा आफ्नो ज्योतिषीले भनेको संख्या पुर्याउने दौडधमा यसरी थिचिएर बस्नु परेका प्रचण्ड,सातौ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणीका वीच छटौै पटक सत्तारोहणका लागि तम्तयार देउवा र पूर्वतयारीका साथ अघि बढेका गगन र दाउ हेरेर बसेका नेपाल,गौतमका वीच सत्ता गठबन्धनले को प्रधानमन्त्री भन्ने छलफल नै अघि बढाएको छैन । तर कांग्रेसभित्र पनि देउवा नै निर्विकल्प उम्मेद्धारका रुपमा रहेका छन ।
यर्थाथमा हेर्न हो भने यो रस्साकस्सीका वीच लामिछानेलाई आफ्नो पार्टी राष्ट्रिय दल बनाउनु नै प्रधानमन्त्री बनाए सरह हुने छ । भर्खर वामे सर्दै गरेको उनको पार्टी थ्रेस होल्ड नै कटाएपनि त्यो संख्या उनको प्रधानमन्त्री बन्ने रहर पुरा गर्न प्रर्याप्त हुने छैन । त्यस्तै सागर ढकालको पनि अवस्था उहि हो । उनी लगायतका स्वतन्त्रहरुले सरकार नै चलाउने संख्या जित्ने अवस्था नदेखिदा उनको यो ईच्छा केवल ईच्छा नै बन्ने देखिन्छ ।
अव बाँकि रहेका आकंक्षीमध्ये सबैभन्दा मूख्य दावेदार सत्ता गठबन्धनकै उम्मेद्धार हुनेमा दुई मत छैन । यहि कारण आगामी यात्रा सुनिश्चित गर्न नै देउवा गठबन्धन गरिरहेका छन । यता गठबन्धनकै आडमा चुनाव लड्ेर आफू निर्णायक शक्तीका रुपमा स्थापीत हुने दाउमा रहेका प्रचण्ड यदि देउवाले पेले प्रधानमन्त्री हुने शर्तमा अर्कै समिकरण बनाउन सक्ने सम्मको तयारीमा उनी छन । यसले यो रस्साकस्सीमा कस्को पल्ला भारी हुन्छ आगामी निर्वाचनको नतिजाले निर्धारण गर्ने छ । यद्यपी यसमा देउवाकै सम्भावना बढि रहेको विश्लेषकहरु बताउछन ।
अहिलेको अवस्थामा सत्ता गठबन्धनकै हातमा नेतृत्व आउने सम्भावना वलियो छ भने पुरानै अनुहार दोहोरिनेमा लभगभ निश्चित छ । जसमा देउवा र प्रचण्डको रस्साकस्सीकावीच विकसित हुने समिकरणले भने प्रभाव पार्न सक्छ । तर पार्टीभित्रैबाट युवा अनुहार नेतृत्वमा आउने वा स्वतन्त्र भनिएकाहरु प्रधानमन्त्री बन्ने भन्ने सम्भावना भने अहिले देखिएको छैन ।


प्रतिक्रिया